नियम १०५
नीतिगत व्यवस्था
नेपाली सेनामा सरुवा, बढुवा, योग्यता तथा अनुभवको निर्धारण, आर्थिक दायित्व बृद्धिका विषय, वृत्ति विकास, सेनाको व्यवस्थापनका अन्य नीतिगत व्यवस्था लगायतका विषयमा नीतिगत रुपमा नयाँ व्यवस्था गर्नुपरेमा वा साविक नीतिमा
परिवर्तन गर्नुपरेमा मन्त्रालयको स्वीकृति वा मन्त्रालयबाट निर्णय भए बमोजिम गर्नु पर्नेछ ।